भारतकाे हस्तक्षेपकारी व्यवहार अस्वीकार्य : ओली

Share this
775shares

१५ असाेज, काठमाडौं ।

Advertisement

नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। शुक्रबार ललितपुरमा सुरु भएकाे विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी भारतसँगको असमझदारी कुटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं। भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैन । कुनै पनि बहानामा पनि विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन।’

Advertisement

सम्बोधनका क्रममा उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए। ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताए । उनले भारतको नेपालमा चासो रहेको तर हस्तक्षेप अस्वीकार्य हुने बताए ।

भारत र पाकिस्तानबीचको तनावबारे पनि ओलीले बोले । ओलीले अमेरिकालगायत नाटो देशहरुको समेत आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सैनिक हटेको उल्लेख गर्दै भने- ”बाह्य हस्तक्षेप असफल भएको छ । कुनैपनि बहानामा बाह्य हस्तक्षेप ठिक होइन । ”

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top