एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ: प्रचण्ड

१५ असाेज, बलेवा।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने “ अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ”

नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले उनले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताए।

Advertisement

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताए । उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top