अष्ट्रेलियाले नोभेम्बरबाट सीमा खाेल्ने, खोप लगाएका व्यक्तिलाई यात्रा गर्न ‘सहज’

१४ असोज ७८, शुक्रबार

१५ असाेज, अष्ट्रेलिया।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन्।

मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महँगो क्वारिन्टिन बसाइको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडानमार्फत आवतजावत खुला गरिनेछ।

गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् ।

प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्युजिल्याण्ड जस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ। सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ। १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताएका छन्। यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ।

सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचार माध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ।रासस / एएनआई

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top