एमाले विधान महाधिवेशन : पानीको बोतलमा समेत ओलीकाे फाेटाे

१५ असाेज, काठमाडाैँ ।

गोदावरीको सनराइज सम्मेलन केन्द्रमा नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । आजबाट सुरु भएको महाधिवेशनमा उपस्थितहरुका लागि विभिन्न परिकारका खानाको व्यवस्था छ । मटन खाना खानेलाई मटन खाना, चिकेन खाना खाना खानेलाई चिकेन खाना र अन्य थुप्रै परिकारहरुको व्यवस्था गरिएको छ ।

खाना खाने वा महाधिवेशनमा उपस्थित भएकाहरुलाई प्यास मेट्नका लागि बोतलमा छुट्टै पानीको व्यवस्था गरिएको छ । तर, बोतल सामान्य छैन ।

बोतलको बाहिरी आवरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हात हल्लाइरहेको देखिन्छ । फोटोसँगै लेखिएको छ–नेकपा एमाले प्रथम विधान महाधिवेशन ।

बोतलमा अध्यक्ष ओली अंकित रहेको मिनेरल वाटार गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको हो । बोतलको पानी १ लिटरको रहेको छ ।

कार्यक्रमको सुरुमा एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले ओलीअंकित बोतलको पानी झोलामा राख्न निर्देशन दिएका थिए । तर, उक्त बोतलमा अध्यक्ष ओलीको लोगो टाँसिएको फोटो सामाजिक सञ्जालमा आएपछि भाइरल भएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top