सरकारले सुशासन कायम गर्न तथ्याङ्क संकलन गर्दैछः योजना आयोगका उपाध्यक्ष

१५ असाेज, काठमाडाैँ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् ।

उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे। नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए । उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरुको पनि ध्यान जानुपर्नेमा जोड दिए । उनले भने, ‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन । तथ्यांकमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्यांक विभागलाई पनि बल गरेर तथ्यांकको काम गर्न आग्रह गर्दछु ।’

उद्योगमा लगाएको विद्युत महसुल घटाउन उद्योगीको माग

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतीश मोरले उद्योग व्यवसाय संचालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे । उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । पूर्वअध्यक्ष मोरले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु संचालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ । मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैंत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाई थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top