×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

प्रचण्डलाई बाबुरामले भने – पूर्वमाओवादी नयाँ ठाउँमा जानुपर्छ

१५ आश्विन २०७८

१५ असाेज, काठमाडाैँ ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए।

Advertisement
Advertisement

साेही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएपछि त्यसकाे जवाफ दिँदै  भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने बताए । उनले भने– ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सहि छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुप¥यो । विवेकसँग ज्ञानमा पनि बदल्नुप¥यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन । नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढंगले चाहीँ हामी अगाडी बढौँ । सबै पूर्वमाओवादी एकै ठाउँ आँउ भन्ने होईन, सबै पूर्वमाओवादीहरु नयाँ ठाउँमा जाँऊ भन्नुप¥यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहीँ यो देशको मात्रै होईन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए। अर्लि इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए । उनले भने – ‘प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढंगले आउँदैछ । अर्लि इलेक्शनको नाममा फेरी उही पुरानै कांग्रेस र ओलीको एमालेलाई अगाडी ल्याउने र बाँकी माओवादी, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो त्यसलाई संवैधानिक ढंगले संसद भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न फेरीपनि दोस्रो संस्करणको रुपमा आउँदैछ । अग्रगामी शक्तिहरु प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोली गएर बहस, छलफल गरेर फेरी एकै ठाउँमा आउने यो सम्भव छ ।’

Advertisement

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरु प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top