×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

एमाले विधान महाधिवेशनः पार्टी चलायमान बनाउन नयाँ नीति र संगठन संरचना बनाइँदै

१६ आश्विन २०७८

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि राजधानीको ललितपुरस्थित गोदावरीमा सुरु भएको छ । पार्टीलाई थप चलायमान बनाउँदै सर्वोत्तम बनाउने उद्देश्यले आयोजना गरिएको विधान महाधिवेशनले पार्टीको नयाँ नीति र संगठन संरचना बनाउनेछ ।

देशभरका ६ हजार बढी प्रतिनिधिको सहभागिता रहेको विधान महाधिवेशन तीन दिनसम्म चल्नेछ । एमालेको ९औं महाधिवेशनले नीति निर्माण र नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशन गर्ने निर्णय गरेअनुसार पार्टीको विधान महाधिवेशन आयोजना गरिएको हो ।

Advertisement
Advertisement

विधान महाधिवेशनको उद्घाटन गर्दै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राणा शासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनमा कम्युनिस्ट (एमाले) पार्टीको निर्णायक र हस्तक्षेपकारी भूमिका रहेको बताए ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको महत्वपूर्ण निर्णय र योगदानकै कारण विभिन्नखाले परिवर्तन भएको र उपलब्धि हासिल गरिएको बताए । उनले एमाले अहिले पनि पहिलो र ठूलो पार्टी रहेको र आगामी निर्वाचनमा पनि मुलुकको पहिलो र सशक्त पार्टी भएरै छोड्ने दाबी गरे ।

नेपालका राजनीतिक परिवर्तनहरूमा एमाले बन्नुअघिको उसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि अहिलेको एमालेको निर्णायक र हस्तक्षेपकारी भूमिका रहँदै आएको ओलीले स्पष्ट पारे ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै २००७ सालको परिवर्तनको प्रसंग उल्लेख गर्दै भनेका छन् ‘दिल्ली सम्झौताले २००७ सालको आन्दोलनलाई बीचमै अवरुद्ध ग¥यो । सम्झौतालाई स्वागत गरेर नेपाली कांग्रेस राणा नेतृत्वको सरकारमा सहभागी भए पनि नेपाल कम्युनिस्ट पार्टीलगायत देशभक्त शक्तिहरूले क्रान्तिलाई अघि बढाउने प्रयास गरे ।’

‘आन्दोलनको सहयात्री कम्युनिस्ट पार्टीमाथि नेपाली कांग्रेसले प्रतिबन्ध लगायो तर पार्टीले विभिन्न वैधानिक मोर्चा र जनसंगठनका माध्यमबाट आन्दोलन जारी राख्यो’ ओलीले भनेका छन् । अध्यक्ष ओलीले १२ बुँदे सहमतिदेखि नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउँदासमेत एमालेले ‘निर्णायक र हस्तक्षेपकारी’ भूमिका खेलेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

Advertisement

एमालेको प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा १३ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई विधान महाधिवेशनले संशोधन नगरेको अवस्थामा अबको एमालेमा १३ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । यद्यपि, विधान महाधिवेशनले केही हेरफेर गरेमा सो संख्यामा केही थपघट हुन सक्ने जनाइएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top