ओली चुनावतिर

ओली चुनावतिर

कठमाडौं : एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावमार्फत पुनः बालुवाटार फर्कने रणनीतिक प्रस्ताव गरेका छन् । दोस्रो पटक गरेको संसद् विघटनलाई पनि असंवैधानिक भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली ३१ असारमा बालुवाटारबाट बालकोट फर्किएका थिए । पुनस्र्थापित संसद्ले प्रभावकारी काम नगरेको भन्दै उनले सार्वजनिक रुपमै ुअर्ली इलेक्सनु माग गरिएका छन् ।

शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा ओलीले आगामी तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने गरी निर्वाचनको तयारीका कामलाई तीव्रता दिने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा सुरु पहिलो विधान महाधिवेशन उद्घाटनपछि राजनीतिक प्रतिवेदन प्रस्तु गर्दै ओलीले पार्टीको अबको प्राथमिक काम चुनावकेन्द्रीत हुने स्पष्ट गरेका छन् । ओलीले प्रतिवेदनमा समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनस्थापित गर्नु अनिवार्य पूर्वसर्त भएको उल्लेख गरेका छन् ।

पार्टी विभाजनको क्षति न्यूनीकरण गर्दै अबको चुनावमा पहिलो शक्तिको बिरासत फर्काउने योजनासहित एमालेले विधान महाधिवेशनमा भेला भएका ६ हजार तीन सय ४७ नेता कार्यकर्तालाई त्यही काममा उच्च मनोबलसहित अगाडि बढ्न प्रेरित गर्ने प्रयास गरेको छ । एमाले नेतृत्वको सरकारले लगभग काम सम्पन्न गरेको गोदावरीमा निर्मित पाँच हजार क्षमताको नेपालकै ठूलो अन्तर्राष्टिय सम्मेलेन केन्द्रलाई महाधिवेशनस्थल छनोट गरेर त्यस्तो मनोवैज्ञानिक सन्देश दिन खोजेको कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.