×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो : मनिष डाँगी

१६ आश्विन २०७८

१६ असाेज, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड मनिष डाँगीले प्रशिक्षकको योजना अनुसार नै आफुहरुले खेलेको र माल्दिभ्सविरुद्ध जित निकाल्न सफल भएको बताएका छन् ।

Advertisement
Advertisement

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १-० गोलको जित हात पारेसँगै खेलको निर्णायक बनेका डाँगीले पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीप्रति आभार व्यक्त गरे।

उनले भने, ‘प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो। म माथि विश्वास गर्नु भएकोमा प्रशिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

उनले टिमले सहयोग गरेकै कारण गोल निस्केको भन्दै सबैलाई धन्यवाद दिए। ‘टिमले सपोर्ट गरिरहनु भएको थियो। प्रशिक्षक निर्देशनमा हामी गइरहेका थियौं। लक्कीली बल मेरो खुट्टामा आयो र गोल पनि भयो। त्यसका लागि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद,’ उनले भने।

नेपाली  टाेलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि नेपाल जितकाे हकदार भएकाे बताए । उनले भने, ‘हामीले मिहिनेत गरेका थियौं। हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं। उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं। त्यसैले जितको हकदार थियौं । तर, अहिल्यै उपाधि जितिसकेका छैनौं। सबै संयमित हुन जरुरी छ। नेपालमा रहेका सबै खेलप्रेमीलाई पनि शान्त रहन आग्रह गर्दछु।’

सबै कुरा बिर्सेर अब अर्को खेलमा ध्यान हुने पनि उनले बताए। उनले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको समेत बताए।

उनले खेलको हिरो मनिष डाँगी रहेको बताए। ८६औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले काउन्टर अट्याकमा बललाई अगाडि बढाउँदै तीन डिफेन्डरलाई छक्काएर वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए।

मनिष दोस्रो हाफको ६९औं मिनेटमा नवयुगको स्थानमा मैदान प्रवेश गरेका थिए। ‘मनिष डाँगीले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो। आजको हाम्रो हिरो मनिष रहे,’ उनले भने।

उनले आफूले बनाएको टोलीमा सम्भावना बोकेका अरु थुप्रै खेलाडी रहेको बताउँदै उनीहरुलाई तयार पार्न समय चाहिएको बताए।

नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो। त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित हात पारेको थियो। यस्तै, ४ खेल भने बराबरीमा टुंगिएका थियो।

पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद ९साग० यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन। त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

त्यसयता भएका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन। यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा माल्दिभसलाई बराबरीमा रोकेको थियो।

पछिल्लो पटक नेपाल र माल्दिभ्सले २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए। त्यसबेला नेपाललाई सेमिफाइनलमा ३-० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो। माल्दिभ्सले भारतलाई हराउँदै उपाधि जितेको थियो।

Advertisement

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९:४५ बजे हुनेछ। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top