१६ असाेज, काठमाडाैँ ।
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालल देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क गरेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केपी ओली एक्लै केही नभएको पनि बताए ।
अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहो¥याए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए ।
अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु । अव म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ । शेरबहादुर जीले मलाई पार्टी एकता भईसकेको थिएन चुनाव भईसकेको थियो । मलाई भन्नु भयो, पाँच वर्ष नै तपाई प्रधानमन्त्री हुनुस । हामी फ्लोवरमा बसेर समर्थन गर्छौं तपाईँलाई । तर जनतको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजे भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भए, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाईन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाईदिनुस भनेर शेरबहादुर जीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’
अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहो¥याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाई थियो ।