गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो

१६ असाेज, काठमाडौँ ।

Advertisement

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो ।

१ हजार ८ सय केजी तौल भएको मूर्ति १।९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ ।

Advertisement

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट साे बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top