राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न

१६ असोज, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए । उनका अनुसार ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।

यसैबीच पार्टी निकट ट्रेड युनियन महासङ्घले विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका पदाधिकारी तथा नेतागणको सहभागिता थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top