मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको प्रदर्शन

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको प्रदर्शन

१६ असाेज, राजविराज ।

प्रदेश २ काे मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जसपाको प्रदेश समितिको निर्देशनमा शनिबार साँझ राजविराजमा मसाल जुलुस निकालिएको हो ।

स्थानीय शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बाेल्दै महिला नेतृहरु रमिला साह र गीता यादव, विद्यार्थी नेताहरु शम्भू यादव, केदार यादवलगायतले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए ।

मसाल जुलुसमा राजविराज नगरपालिकाका प्रमुख शम्भूप्रसाद यादव, जसपा प्रदेश २ का सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला उपाध्यक्ष निरज मुक्ति, युवा नेता सत्येन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता सहभागी भए ।

जसपा प्रदेश २ का मुख्य सचिव शम्भू झाका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी केही कागजात लगेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.