८१ दिन बित्दा पनि सरकारले पूर्णता नपाउनु देशकै लागि दुःखको विषय : विमलेन्द्र निधि

१६ असाेज, काठमाडाैँ ।

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिए ।

गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गरे । उनले सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए । उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमती नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन सकेको छैन । मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको यो सारै चिन्ता र दुःखको विषय हो । नेपाली काँग्रेसको लागि पनि र गठबन्धन दलहरुको लागि पनि । यो नेपाली काँग्रेस र सरकारमा सहभागी दलहरुको लागि मात्रै होइन् पूरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू । त्यसकारणले अव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अव धेरै ढिला भयो । अव छिटोभन्दा छिटो मन्त्रीमन्त्रडलले पूर्णता पाउने गरी तपाईरुको निर्णय आउनै पर्ने भयो । अव धेरै पर्खन सकिदैन ।’

Advertisement

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले हिँसालाई त्यागेर मात्रै गान्धीले देखाउनु भएको अहिंसाको बाटोमा अघि बढन सकिने स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top