×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

फेवा किनारमा विश्व स्वास्थ्य सङ्गठनको ‘वाक द टक’

१६ आश्विन २०७८

१६ असाेज, पोखरा।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ ।

Advertisement
Advertisement

डब्लुएचओका नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादीसम्मको करिब दुई किलोमिटर फुटट्र्याकमा हिँड्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए । उनले विश्वभरि नै कोभिड–१९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उल्लेख गर्दै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए।

सोही क्रममा डा पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । उनले भने, “पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दा रहेछन् ।” ‘वाक द टक’ कार्यक्रमले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । डा पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

डब्लुएचओको ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु गरिएको हो । उक्त अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओको नेपालस्थित सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिकरुपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिसँगको रिभ्यू कार्यशाला चलिरहेको छ । सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिसहितको टोलीले फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने उनले बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देश दिन फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको भनाइ थियो । पदयात्रा अघि कार्यक्रममा सहभागीले फेवा किनारमा योग ध्यानसमेत गरेका थिए । डब्लुएचओका प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र, सङ्घसंस्था र प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो । रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top