एमालेमा पदाधिकारी थप्न दबाब, ७० वर्षे उमेरहदमा पनि पुनर्विचार गर्न सुझाव

Share this
720shares

१७ असोज, काठमाडौँ ।

Advertisement

एमालेमा उपाध्यक्षको संख्या बढाउन र उपमहासचिव पद कायमै राख्न प्रतिनिधिहरूले सुझाव दिएका छन्। पार्टीको जारी विधान महाधिवेशनमा समूहगत छलफलको सुझावमा पदाधिकारीको संख्या थप्न माग गरिएको छ।

उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा उपमहाचिव पद हटाइएको थियो। उक्त प्रस्तावमा ५ उपाध्यक्ष र ६ सचिवको प्रस्ताव गरिएको थियो। तर, महाधिवेशनमा छलफल गर्न बनेका समूहहरूले भने उपाध्यक्षको संख्या ८ सम्म बनाउन सुझाव दिएका छन।

Advertisement

पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न पनि सुझाव दिइएको छ। १० मध्ये ५ वटा समूहका नेताले शनिबार समूहगत सुझाव पेश गरेका हुन्। प्रदेश इञ्जार्जको जिम्मेवारीसहित ७ उपाध्यक्ष र एक वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्नुपर्ने अधिकांश समुहबाट सुझाव आएको नेताहरूले बताए।

बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल र लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले वरिष्ठ उपाध्यक्ष एक जना र सात जना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने समूहगत सुझाव राखेका थिए।

Advertisement

कर्णाली अध्यक्ष गोरखबहादुर बोगटीले वरिष्ठ उपाध्यक्ष थप्नुपर्ने सुझाव समूहका तर्फबाट राखे। सुदूरपश्चिमको तर्फबाट पोलिटब्युरो सदस्य कर्ण थापाले उपाध्यक्षको संख्या ७ बनाउन समुहको सुझाव दिए। पोलिटब्युरो सदस्य भानुभक्त ढकालले पनि उपाध्यक्षको संख्या बढाउनुपर्ने समूहको निश्कर्ष सुनाए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top