प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति गठन

१७ असोज, काठमाडौँ ।

Advertisement

मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ।

गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ।

Advertisement

विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्।

‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण नियमनसम्बन्धी कार्यक्षेत्र र नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी वायुयान तथा त्यसका चालक दलका सदस्यहरूका साथै वायु सेवाको प्राविधिक क्षेत्रका कार्यसमेत उक्त समितिलाई सुम्पिएको छ।’

Advertisement

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा बनाइएको पाँच सदस्यीय समितिलाई दिइएको कार्यक्षेत्रका आधारमा अब नागरिक उड्डयन प्राधिकरणको कुनै काम नभएको देखाउन खोजिएको पर्याप्त छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top