मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद रु सात लाख ५० हजार वितरण गरिएको हो ।

उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङका संयोजकत्वमा कांग्रेस जिल्ला सभापति विकास लामा, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ, जिल्ला सदस्यद्वय पेम्बा ग्यालजेन शेर्पा र सिपी चौलगाईँ, युवानेता राजेन्द्रबहादुर गोर्खाली, जिल्ला सदस्य गणेशविक्रम सिलवाल, क्षेत्रीय सदस्य किरणदीप खड्का, क्षेत्रीय प्रतिनिधि कुमार दुलाललगायतका उपस्थितिमा राहतस्वरुप वितरण गरिएको हो ।

गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।

उनकाा अनुसार राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई रु चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट रु एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो ।

त्यस्तै हेलम्बु लागि एकमुष्ट रु तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई रु चार हजारका दरले नगद रु २० हजार सहयोग गरिएको थियो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति लामाले दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन गरिने जानकारीदिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top