देशका धेरै ठाउँको मौसम बद्ली : प्रदेश-१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

प्रदेश–१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश–१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उनले जानकारी दिए । उनका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदेश–१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ ।

अबको एक÷दुई दिनको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । यस्तै, यसपालि ढिलो गरी मनसुन बाहिरिने भएको छ । मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो ।

तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एक÷दुई दिन छिटो र एक÷दुई दिन ढिलो हुने गर्छ । यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top