लागूऔषधसहितको पार्टीमा सामेल शाहरुख खानका छोरामाथि सोधपुछ

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

भारतको मुम्बईमा हाइप्रोफाइल पार्टीमा भएको लागूऔषधको प्रयोगको विषयमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनमाथि सोधपुछ भएको छ।

भारतको लागूऔषध नियन्त्रणसम्बन्धी सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आर्यनलाई ‘कार्डेलिया द इम्प्रेस’ नामक जहाजमा भएको पार्टीको विषयमा सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन्।

Advertisement

शनिबार राति भइरहेको पार्टीमा एनसीबीले छापा मारेको थियो। ६ सयभन्दा धेरै मानिस रहेको उक्त पार्टीबाट एनसीबीले ३ युवतीसहित १३ जनालाई हिरासतमा लिएको छ। उनीहरुलाई लागूऔषधको सेवन गरेको आरोपमा पक्राउ गरिएको एनसीबीले जनाएको छ।

जहाजमा चलिरहेको पार्टीबाट एनसीबीले धेरै मात्रामा लागूऔषध बरामद गरेको बताइएको छ। ‘एमडी कोक’ र ‘हशीश’ नामक दुई किसिमका करोडौं मूल्य बराबरको लागूऔषध बरामद गरिएको छ।

Advertisement

शाहरुखका छोरा आर्यनले भने कुनैपनि किसिमको लागूऔषध प्रयोग नगरेको बयान दिएका छन्। उनलाई अदालती मुद्दा चलाउने वा नचलाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय नभएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top