एमाले विधान महाधिवेशनः समूहगत छलफलको रिपोर्टिङ सकियो

एमाले विधान महाधिवेशनः समूहगत छलफलको रिपोर्टिङ सकियो

१७ असोज, काठमाडौँ ।

नेकपा (एमाले)को विधान महाधिवेशनको अन्तिम दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट जारी महाधिवेशनमा आज बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।

शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा छलफल गरी सुझाव प्रस्तुत गरिसकेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.