पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष

१७ असोज, काठमाडौं ।

माओवादी केन्द्र निकट भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पन्चा सिंह बनेकी छन् । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

जनार्दन शर्मा निकट मानिने सिंह क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पनि हुन्। सिंह लगायतको पदाधिकारीको नाम अहिले १२ बजे हुने बन्दसत्रमा पेस हुँदैछ। बन्दसत्रबाटै सिंह अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.