पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालमाथि हत्या अभियोगको तरबार

१७ असोज, काठमाडौं ।

२०७६ असार ५ गते दिउँसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको खबर सरकारले सार्वजनिक ग¥यो।

विप्लवको गतिविधि बढिरहेको समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले यसलाई ठूलै सफलताको रुपमा प्रचार गरे।

नेकपामाथि प्रतिबन्ध जारी रहेकै बेला उसका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘दोहोरो भिडन्त’मा मृत्यु भएको विषय सरकारको सफलताको रुपमा लिइयो। तर, यही घटनाका कारण पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनाल अनुसन्धानमा तानिने निश्चित भएको छ।

सर्वोच्च अदालतले नै जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेपछि आदेश कार्यान्वयनका लागि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखिसकेको छ। अब थापा र खनालमाथि अघि बढ्ने पक्कापक्की भएको छ।

शुक्रबार नै महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीलाई पत्र लेखेको थियो। आइतबार उक्त पत्र औपचारिक रूपमा दर्ता भएपछि अनुसन्धानको प्रक्रिया अघि बढ्नेछ।

पत्र दर्ता भएको सात दिनभित्र जाहेरी दर्ता गरि त्यसमा अनुसन्धान सुरु भएको पत्र सर्वोच्चलाई प्रतिवेदनको रुपमा पठाउनुपर्ने छ।

अनुसन्धान सुरु भएको पत्र नपठाए अदालतको अवहेलनामा मुद्दा लाग्ने भएकाले प्रहरी र सरकारी वकिल दबाबमा छन्। त्यसकारण, जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्तालाई साक्षी राख्दै जाहेरी दर्ता गर्ने तयारी गरेको छ।

पूर्वगृहमन्त्री थापा अहिले मूल पार्टी माओवादी छाडेर एमालेको नेता भएका छन्। कुनै समयमा सशस्त्र ‘जनयुद्ध’को सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ले गठन गरेको नेकपाका एक कार्यकर्ताको ‘फेक इन्काउन्टर’ (गैरन्यायिक हत्या)का कारण अहिले थापा व्यक्ति हत्याको मुद्दामा तानिएका छन्।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको २०७६ असार ५ गते लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो। ‘अनटेस्ट’ मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको प्रहरीको दाबी थियो। प्रहरीको उक्त दाबी मानव अधिकार आयोगको अनुसन्धानमा झुटो सावित थियो। प्रहरीले पौडेललाई पक्राउ गरेर ९ गोली हानी हत्या गरेको पाइएपछि आयोगले संलग्न व्यक्तिहरूलाई कारबाहीको सिफारिस समेत गरेको थियो।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top