एमालेको प्रदेश कमिटीमा आधार संख्या ५०, एक निर्वाचन क्षेत्रका ५ जनाको दरले थप संख्या

एमालेको प्रदेश कमिटीमा आधार संख्या ५०, एक निर्वाचन क्षेत्रका ५ जनाको दरले थप संख्या

१७ असोज, काठमाडौं ।

नेकपा एमालेको प्रदेश कमिटीको आकार परिमार्जित भएको छ।

गत शुक्रबार उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आएको सुझावपछि आइतबार जवाफ दिँदै उनले नयाँ अंक प्रस्तुत गरेका हुन्।

अब प्रत्येक प्रदेशका लागि ५० जना आधार अंक हुने छ। त्यसपछि सो प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रबाट ५ का दरले संख्या थपिने छ।
’उदाहरणका लागि कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन्। त्यसैले सो प्रदेशमा निर्वाचन क्षेत्रबाट ६० जना हुनेछन्। ५० जना र ६० जोड्दा ११० जना सो प्रदेशको प्रदेश कमिटी हुनेछ’, पौडेलले भने।

जारी महाधिवेशनमा उपमहासचिव पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र आएका सुझावमाथि जवाफ दिइरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.