×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

राजदूतसहितको कूटनीतिज्ञको हाइकिङले जगायो उत्साह

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका विभिन्न ११ देशका राजदूतसहितका कूटनीतिज्ञ अघिल्लो सोमबार झन्डै चार घण्टा हाइकिङमा सहभागी बने।

Advertisement
Advertisement

कास्की नौडाँडास्थित हिमालय देउरालीबाट हिमाली दृश्य नियाँल्दै खड्गाउँ कोट, कास्कीकोट देउराली हुँदै कश्यप तालसम्मको सो हाइकिङमा विदेशी कूटनीतिज्ञ निकै रमाएका देखिन्थे।

उत्तरतर्फको हिमाललाई साक्षी राख्दै तस्बिर खिचाउँदाका दृश्य लोभ लाग्दो थियो। झन्डै दुई वर्षयता कोरोना कहरका कारण थलिएको पोखराको पर्यटनमा विदेशी कूटनीतिज्ञको यो सहभागितालाई पर्यटन व्यवसायीसँगै यहाँका स्थानीयवासीले अत्यन्त महत्वका साथ लिएका छन्।

नेपालका शाह वंशीय राजाहरूको ऐतिहासिक थलो कास्कीकोट र यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्य विदेशी कूटनीतिज्ञलाई देखाउन पाउँदा आफूहरूलाई अत्यन्त हर्षित बनाएको स्थानीय युवा एवम् कास्कीकोट पर्यटन विकास समितिका संयोजक उदय सुवेदीले बताए ।

‘नेपालकै इतिहासको महत्वपूर्ण साक्षी कास्कीकोट पर्यटकीय रुपमा पनि उत्तिकै महत्व भएर पनि ओझेलमा परेको ठाउँ हो,’ उनले भने, ‘प्रकृति र संस्कृतिको अनुपम सङ्गम यस स्थलमा विदेशी कूटनीतिज्ञको औपचारिक भ्रमणले यसको महिमा र गरिमा अझै बढाएको छ।’

कूटनीतिहरू सहभागी बन्दै गर्दा ठाउँठाउँमा आफ्नै मौलिक पोसाकमा सजिएर आमा समूह स्वागतमा तल्लीन देखिन्थे। पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको कास्कीकोट कूटनीतिज्ञको भ्रमणसँगै विश्वपर्यटन बजारमा पुग्ने विश्वास गरिएको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओम सुवेदीले बताए।

झन्डै छ हजार वर्षअघि कश्यप ऋषिले तपस्या गरेको तपोभूमि र नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोटको समग्र पर्यटकीय विकासलाई स्थानीय तहका तर्फबाट संरक्षण र विकासमा चासो दिइएको उनले बताए।

समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान (शाह) को दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आएको गुप्तकालिका मन्दिर छ।

दरबारसहितको मन्दिरको ऐतिहासिकतालाई जोगाउने लक्ष्यका साथ पुरातत्व विभागबाट रु दुई करोड ६५ लाखको लागतमा पुनर्निर्माण गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए।

दरबारको पुनर्निर्माणसँगै वरपरका गलजथुम्की र पार्कसमेत निर्माण गरिएको छ। पुरातत्व विभागबाट दरबारको तल रहेको जीर्ण अवस्थाको मौलाको मन्दिर रु ११ लाखमा पुनर्निर्माण गरिएको छ भने उक्त स्थानमा रु आठ लाखको लागतमा सिँढीबाटो निर्माण गरिएको छ।

दरबार तल गाउँको बीच भागमा रहेको कश्यप ऋषिले स्नान गर्ने गरेको कश्यप ताल पोखरा महानगरपालिकाको रु ५० लाखको सहयोगमा मर्मत गरिएको छ भने ताल नजिकै रहेको कुलमण्डन पार्कलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारबाट दुई चरणमा गरी रु ३४ लाखको लागतमा विभिन्न काम गरिएको उनले जानकारी दिए।

स्थानीयवासीले ठूली पोखरी भन्ने गरेको कश्यप तालको पानीबाट यस आसपासका स्थानीयवासीले गाईवस्तुलाई खुवाउनाका साथै अन्य घरायसी प्रयोजन र यहाँको झन्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको छ।

हाइकिङका क्रममा विदेशी कूटनीतिज्ञले उक्त स्थानको ऐतिहासिकता एवम् मौलिकतालाई अत्यन्त चासोका साथ अवलोकन गरेका थिए।

चार वेदमध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस तालको धार्मिक एवं संस्कृतिक रूपमा पनि उत्तिकै महत्व मानिन्छ। नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि राजा तथा प्रजाले यहाँको पानीको भरपुर उपयोग गर्ने गरेका थिए।

जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय इतिहासको साक्षी कास्कीकोटमा विदेशी विशिष्ट कूटनीतिज्ञको हाइकिङसहितको भ्रमण समग्र पोखराको प्रवद्र्धनका लागि महत्वपूर्ण भएको ट्रेकिङ एजेन्सिज एसासिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताए।

झन्डै चार घण्टाको हाइकिङले कास्कीकोटका साथै नेपालको समग्र पदयात्रा पर्यटनबारे राम्रो सन्देश विश्व पर्यटन बजारमा पु¥याएको उनले बताए।

Advertisement
Advertisement

‘कोरोनाले थलिएको पोखराको पर्यटनको प्रवद्र्धनमा राजदूतसहितका कूटनीतिज्ञको भ्रमणले ठूलो अर्थ राखेको छ,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई स्वास्थ्य सजगतका साथ पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता हो ।’ रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top