१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो

१६ असोज ७८, आइतबार

१७ असोज, बुटवल ।

नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् ।

५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने निर्णय गरे पनि जिल्ला प्रशासनमा पत्र नआएका कारण बन्द रहँदै आएको थियो । पत्र आएलगत्तै नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

आइतबारदेखि नै भारतबाट आउने र नेपालबाट जाने सवारीसधान सहज रुपमा चल्न थालेका छन् । नाका खुला भए पनि नेपाल आउने यात्रु र पर्यटकले भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागे सीमामै एन्टीजेन परीक्षण गरिने बताए । एन्टीजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतिजाअनुसार व्यवस्थापन गर्ने उनले बताए ।

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन् । सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन । तर, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top