अब यस्तो हुँदैछ एमालेको सांगठनिक संरचना

१७ असोज, काठमाडौं ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशनले सांगठनिक संरचना लगभग टुंग्याएको छ।

उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समेटेर पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी, पदाधिकारी तथा केन्द्रीय आयोग र विभागहरुको टुंगो लगाइएको छ।

जसअनुसार अब केन्द्री कमिटी २२५ सदस्यीय हुनेछ। स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने पदाधिकारीहरु १५ जना हुनेछन्। पार्टीमा ७ जना सचिव, १ जना उपमहासचिव, १ जना महासचिव, ४ जना उपाध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष र १ जना अध्यक्ष हुनेछन्।

केन्द्रीय आयोगअन्तर्गत अनुशासन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १५ जना सदस्य रहनेछन्। निर्वाचन आयोगमा पनि अध्यक्ष, उपाध्यक्ष र सचिवसहितसहित १५ जना सदस्य रहनेछन्। लेखा आयोगमा पनि अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १५ जना सदस्य रहनेछन्।

प्रदेश कमिटी ५० सदस्यीय बन्नेछ। प्रदेश कमिटीमा एक निर्वाचन क्षेत्र बराबर थप ५ जना सदस्य हुनेछन्। जिल्ला कमिटी पनि ५० सदस्यीय नै हुनेछ। जिल्ला कमिटीमा १ निर्वाचन क्षेत्र बराबर थप १५ जना सदस्य हुनेछन्।

पालिका कमिटी पनि ५० सदस्यीय नै हुनेछ। पालिका कमिटीमा १ वडा बराबर थप ५ जना हुनेछन्। वडा कमिटी भने ३१ सदस्यीय हुनेछ।

केन्द्रीय बाहेकका अन्य कमिटीहरुमा अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना र उपसचिव २ जना हुनेछन्।

एमालेमा उपत्यका विशेष प्रदेश कमिटीको पनि व्यवस्था गरिएको छ।

सक्रिय जिम्मेवारीका हकमा ७० वर्षको उमेर हद हुनेछ। निर्वाचन भएपछि ७० वर्ष उमेर पुग्दा पनि त्यो कार्यकालभरी नेतृत्वमा नै रहन पाउने व्यवस्था पनि गरिएको छ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top