श्रीलंकासँग तीन अंकको लागि खेल्छौं -किरण चेम्जोङ

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन् ।

आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै गोलरक्षक तथा कप्तान चेम्जोङले श्रीलंका बलियो टोली रहेको र आफूहरु तीन अंकको लागि खेल्ने बताएका हुन् । ‘विगत विगत भैसक्यो ।

हामी अर्काे खुड्किलोको लागि हामी खेल्दै छौं । हामी तीन अंकको लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछौं,’ ३१ वर्षीय कप्तान किरणले साफ च्याम्पियनसिपको दोस्रो खेलअघि भने ।

नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघि नेपालले शुक्रबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बलियो आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरेका थिए ।

कप्तान चेम्जोङले श्रीलंका कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नो सबैभन्दा राम्रो खेल दिने बताएका हुन् । उनले ९० मिनेट मेहनत गर्दै श्रीलंकालाई पराजित गर्न खेल्ने बताए ।

‘यो हाम्रो लागि कठिन छ । तर हामी ९० मिनेट मैदानमा हाम्रो सबैभन्दा राम्रो दिनेछौं,’ नेपालका लागि सर्वाधिक क्याप जितेका कप्तान किरणले भने ।

यस्तै, किरणले नतिजाका लागि आफ्नो सहयात्री खेलाडी, प्रशिक्षकसँग विश्वास रहेकोसमेत बताए । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ८ खेल बराबर गर्दा ६ खेलमा हार ब्यहोरेको छ ।

यस्तै भोलि नै हुने पहिलो खेलमा भारत र बंगलादेश आमने–सामने हुनेछन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top