बिग्रिएका सबै गए, सप्रिएका एमालेमै छन् : ओली

१७ असोज, काठमाडौं ।

Advertisement

एमाले अध्यक्ष केपी ओलीले विरोधी चिन्ने विषयमा धेरै अलमलिनु जरुरी नभएको बताएका छन्।

‘पार्टीको विरोधी को हो र को होइन भनेर अल्मलिन जरुरी छैन,’ उनले भने, ‘कसैले गालामा हान्यो भने सिद्धान्त हेर्न हुन्न। गालामा हान्ने व्यक्ति विरोधी भएको जान्नुपर्छ,’ उनले भने, ‘शास्त्रवादी हुनु आवश्यक छैन, जो तपाईंसँग लडिराखेको छ, त्यो विरोधी हो।’

Advertisement

ललितपुरको गोदावरीमा जारी एमालेको पहिलो विधान महाधिवेशनमा आफूद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने सबै विरोधी भएको चिन्न कुनै शास्त्र पढ्न आवश्यक नभएको बताए ।

एमालेसँग लडिराखेकाहरू सबै विरोधी भएको भन्दै त्यस कुरामा स्पष्ट हुन उनले नेता–कार्यकर्ताहरूलाई आग्रह गरे। ‘हाम्रो सरकार ढाल्न भूमिका खेल्न, हामीलाई प्रतिपक्षमा पु¥याउने, कांग्रेसको नेतृत्वमा सकरार बनाउन सघाउने एमालेका विरोधी हुन्,’ उनले भने।

Advertisement

एमालेमा बिग्रिएका मान्छेहरू सबै बाहिरिएको र सप्रिएका जति सबै एमालेमै रहेको उनको भनाइ थियो। स्थानीय तहका कतिपय नेता–कार्यकर्ता भ्रममा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने सम्भावना व्यक्त गदैृ त्यस्ता नेता–कार्यकर्तालाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले प्रतिनिधिहरूलाई आग्रह गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top