अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद

१७ असोज ७८, सोमबार

१७ असोज, नवलपरासी ।

Advertisement

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरका तामाका भाडा र कुखुराका औषधीहरू प्रहरीले बरामद गरेको छ।

आइतबार बर्दघाट नगरपालिका ४ टिसिएन चोकस्थित सडकबाट प्रहरीले उक्त सामान बरामद गरेको हो।

Advertisement

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९२७७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अवैध रुपमा लुकाई लैजान लागेको उक्त सामानहरू प्रहरीले बरामद गरेको हो।

बरामद गरीएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top