गृह मन्त्रालयद्वारा १० जिल्लाका सीडिओको सरुवा [सूचीसहित]

१७ असोज ७८, सोमबार

१८ असाेज, काठमाडाैँ ।

Advertisement

गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले सह–सचिव र उप सचिव गरी १६ जनाको काज सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

Advertisement

प्राप्त विवरणअनुसार काठमाडौँका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई मनाङ, इलाका प्रशासन कार्यालय टीकापुरका मोहनराज जोशीलाई डडेलधुरा र दाङका सहायक प्रजिअ चिरञ्जिीवी रानालाई म्याग्दीको प्रजिअमा सरुवा गरिएको छ ।

Advertisement

यस्तै गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top