NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

अदालत जाँदै, विद्युतको बक्यौता टार्दै

सोमवार अशोज १८ , २०७८
Reading Time: 1 min read
A A
हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए । तर, ती उद्योगी महसुल तिर्न आनाकानी गरिरहेका छन् । उल्टै बक्यौता नतिर्ने भन्दै ३१ उद्योग अदालत गएको विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । जब कि ५७ उद्योगको बक्यौता १५ अर्ब ५३ करोड रुपैयाँ छ ।

डेडिकेटेडतर्फ आठ कम्पनीको ४ अर्ब ५० करोड बक्यौता छ । ४९ वटाले ट्रंकलाइन प्रयोग गरेबापत १० अर्ब ७० करोड रुपैयाँ तिर्न बाँकी छ । बक्यौता नतिरी कानुनी ‘उपचार’ को बाटो रोजेका ३१ कम्पनीमध्ये केहीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जसमा हिमाल आइरन एन्ड स्टिल, लक्ष्मी स्टिल्स, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट छन् ।

हुलास स्टिल इन्डस्ट्रिज र सूर्य नेपालका मुद्दा उच्च अदालतमा विचाराधीन छन् । नौ उद्योग जिल्ला अदालत गएका छन् । १३ उद्योगको रिट खारेज भई प्राधिकरणको पक्षमा फैसला भएको छ। तर, उनीहरूले अझै बक्यौता तिरेका छैनन् ।

Advertisement

प्राधिकरण सञ्चालक समितिको २०७२ असार १२ गतेको बैठकले त्यही वर्ष साउन १ देखि लार्गू हुने गरी ठूला उद्योगलाई २० घण्टाभन्दा बढी बिजुली दिने निर्णय गरेको थियो । त्यति बेला ६५ प्रतिशतसम्म महँगो दरमा विद्युत् दिने निर्णय भएको थियो । काठमाडौं, विराटनगर, सिमरा, भैरहवा र वीरगन्जका उद्योग, फार्म तथा अस्पताललाई त्यो सुविधा दिइएको थियो ।

कानुनतः प्राधिकरण आफैंले महसुल निर्धारण गर्न पाउँदैन । तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले मात्र विद्युतको दर तोक्ने नियम थियो । सुविधा पाएका ग्राहकले नै प्राधिकरणले तोकेको महसुललाई गैरकानुनी भनेका थिए । त्यसपछि प्राधिकरणले आयोगलाई उक्त महसुल निर्धारण गरिदिन पत्र पठायो । आयोगको २०७२ पुस २९ गतेको सञ्चालक समिति बैठकले प्राधिकरणको निर्णयलाई मान्यता दिएको थियो ।

त्यससँगै उसले गार्हस्थ ग्राहकको महसुल पनि २० प्रतिशतले वृद्धि गरेको थियो । तर, डेडिकेटेडको हकमा भनी उल्लेख गरेकाले ट्रंक लाइनका ग्राहक समेटिएनन् । उक्त निर्णय नै लागू हुने भए पनि २०७३ असार १६ गते आयोगले ट्रंकलाइनका विषयमा छुट्टै निर्णय ग¥यो । त्यसपछि प्राधिकरणले विद्युत् महसुल संकलन विनियमावली २०७३ जारी गरेको थियो ।

विनियमावलीले ट्रंक लाइनको हकमा ६ घण्टाभन्दा बढी लोडसेडिङ भएका बेला २० घण्टासम्म निरन्तर विद्युत् लिन चाहने ग्राहकले प्राधिकरणमा निवेदन दिनुपर्ने र प्राधिकरण सञ्चालक समितिको निर्णयपछि ट्रंकलाइनको सुविधा दिइने भनी लेखेको छ । विनियमालीले टाइम अफ डे (टीओडी) मिटर अर्थात् प्रत्येक दिन कति विद्युत् खपत भयो भन्ने सम्बन्धमा सम्बन्धित ग्राहकले विवरण पेश गर्नुपर्ने र प्राधिकरणले पनि चेकजाँच गर्नुपर्ने भनी उल्लेख छ ।

ट्रंक लाइन तथा डेडिकेटेड लाइनको विवाद २०७३ साउनदेखिको २०७७ असारसम्मको बक्यौता विवाद हो। २०७५ वैशाख अन्तिमदेखि लोडसेडिङमुक्त भइसकेको अवस्थामा अहिलेको विद्युत् नियमन आयोगले २०७७ साउनदेखि ट्रंक तथा डेडिकेटेड लाइनको व्यवस्था नै खारेज गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले २०७६ सालमै छुट बिल जारी भएको ३५ दिनभित्र सम्बन्धित ग्राहकबाट उक्त महसुल असुल गर्न निर्देशन दिएको थियो । चित्त नबुझे पुनरावलोकन गर्न सकिने र मिटर रिडिङ भएको ६० दिनभित्र ग्राहकले महसुल नबुझाए ग्राहकको लाइन काटी बक्यौता असुलउपर गर्नुपर्ने विनियमावलीमा व्यवस्था छ ।

तर, सोबमोजिम काम नगरेको भन्दै लेखा समितिले प्राधिकरणलाई क्षतिपूर्तिसहित महसुल उठाउन निर्देशन दिएको थियो । करिब २ वर्ष बितिसक्दा पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । समितिले गत वैशाखमा फेरि एक महिनाभित्र महसुल उठाउन निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरणले किस्ताबन्दीमा महसुल तिर्न उद्योगीलाई प्रस्ताव गरेको थियो ।

प्राधिकरण सञ्चालक समितिको २०७२ असार १२ गतेको निर्णयानुसार बढी महसुलमा डेडिकेटेड फिडरमार्फत बिजुली दिइएको थियो । २०७२ माघ १७ गते तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनले उक्त महसुल उठाउन दिने निर्णय भएको थियो । लोडसेडिङ ६ घण्टा वा सोभन्दा बढी भएको अवस्थामा, २० घण्टा वा सोभन्दा बढी समय छुट्टै ट्रंकलाइनमार्फत बिजुली लिएका ग्राहकको महसुल डेडिकेटेड ग्राहकसरह दर कायम गर्ने निर्णयसमेत भएको थियो ।

नियमन आयोगका महानिर्देशक डिल्लीबहादुर सिंहले महसुल निर्धारण आयोगले गरेको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको बताए । पहिलेको महसुल निर्धारण आयोगको अविछिन्न संस्था अहिलेको नियमन आयोग भएकाले यस्तो पत्र पठाइएको सिंहको भनाइ छ । ‘यो जटिल विषय होइन’, महानिर्देशक सिंहले भने, ‘यसलाई जटिल बनाइएको मात्र हो ।’ उनले अब प्राधिकरणले नै बक्यौता असुल गर्नुपर्ने बताए । ‘प्राधिकरणले त्यति बेला नै उठाउनुपथ्र्यो’, उनले भने, ‘ढिलो गरेकाले पनि समस्या भएको हो ।’

प्राधिकरणले किस्ताबन्दीको अवसर दिएपछि ५ वटा उद्योगले निवेदन दिएका छन् । उनीहरूले जरिवाना मिनाहा गर्नुपर्ने, २०७६ पुसदेखि २०७७ साउनसम्मको त्यो बिललाई पनि छुट बिल नै कायम गर्नुपर्नेलगायत सर्त राखेको प्राधिकरण स्रोतले बताएको छ । प्राधिकरण सञ्चालक समितिले सो सम्बन्धमा निर्णय गर्ने जनाइएको छ ।

उसले महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन आग्रह गर्दै आएको छ । महसुल सम्बन्धमा विवाद भएको खण्डमा प्राधिकरणको नियमावलीअनुसार पुनरावलोकन समिति गठन गर्ने व्यवस्था छ । अहिले विद्युत् महसुलका बारेमा निर्णय गर्ने आधिकारिक निकाय विद्युत् नियमन आयोग हो । तर, व्यवसायी गुनासो लिएर आयोग पुगेका छैनन् ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.