कोरोना संक्रमण दर ८.२ प्रतिशत

१७ असोज ७८, सोमबार

काठमाडौं: नेपालमा आइतबार कोरोना संक्रमणदर ८.१ प्रतिशत रहेको छ । २४ घण्टामा परीक्षण भएका ७ हजार ७ सय ७० वटा पिसिआर नमुनामध्ये ५ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर र एन्टिजेन दुवै नमुना परीक्षण भएकामध्ये ६ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ । हाल देशभरिमा १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित छन् भने १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा छन् । ३ सय ३७ जनाको भने आइसियुमा उपचार भइरहेको छ । आइतबार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात मात्र छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top