×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

देउवा–पौडेल टक्कर पालिकाबाटै

१८ आश्विन २०७८

काठमाडौं: प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ । ६४ जिल्लामा पार्टीका गाउँ / नगरपालिका अधिवेशन भइरहेका छन् । ती जिल्लामा भएका वडा र गाउँ / नगर समितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन । बागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहमा पौडेल पक्ष बलियो देखिएको छ । काठमाडौं जिल्लामा पौडेल पक्ष बलियो देखिएको छ । काठमाडाैं महानगरपालिका सभापतिमा संस्थापनइत्तर समूहका नीलकाजी शाक्य निर्वाचित भएका छन् । काठमाडौंका सात तहमा पौडेल पक्षले जितेको छ भने देउवा पक्षका सभापतिले एउटा पालिकामा मात्र जितेका छन् । काठमाडौंमा संस्थापनइतर पक्षका उपसभापति प्रकाशमान सिंह–गगन थापा तथा कृष्ण सिटौला समूह बलियो देखिएको छ ।

Advertisement

बूढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भए। बुढाथोकी गगन थापा निकटका मानिन्छन् । तारकेश्वरको नगर सभापतिमा निर्वाचित कृष्णहरि महर्जन र टोखा नगरपालिकाको नगर सभापतिमा निर्वाचित ओमकृष्ण विमली सिटौला समूहका हुन् । कागेश्वरी–मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भए । उनी देउवा निकट हुन् ।

त्यस्तै, शंखरापुर नगरपालिकामा निर्वाचित दिलीपकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका कुमार लामा र नागार्जुन नगरपालिका सभापतिमा निर्वाचित दुर्गा गौतम उपसभापति सिंह निकट मानिन्छन् । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीमा सहमतिको नेतृत्व चयनका लागि छलफल चलिरहेको नेताहरूले बताए । दक्षिणकालीमा एउटा वडामा विवाद देखिएपछि नगरसभापतिकै निर्वाचन रोकिएको छ ।

चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र पौडेल समूहले २/२ वटा नगर सभापति जितेका छन् । ६ पालिका रहेको ललितपुरमा तीनवटामा सर्वसम्मत र ललितपुर महानगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । ललितपुरको गोदावरी नगरपालिकामा प्रदीप जोशी, बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा चयन भए ।

तीनै जना देउवा पक्षका हुन्। कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिका सभापतिमा निर्वाचित दिवाकर सिलवाल संस्थापन पक्षका हुन् । कोञ्ज्योसोममा सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनी पौडेल समूह निकट हुन् ।

धादिङका १३ पालिकामध्ये ३ पालिकामात्रै संस्थापन पक्षले जितेको छ भने अर्को पक्षले ९ पालिकामा सभापति पाएको छ । नुवाकोटमा दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हाँसिल गरेका छन् । काभ्रेका १३ पालिकामध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ । त्यस्तै, संस्थापनइतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ । काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहकार्य भएको थियो भने पौडेल पक्ष प्रतिस्पर्धामा थियो ।

Advertisement

सिन्धुलीका ९ पालिकामध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन् । रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापनइतर समूह विजयी भएको छ । संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top