×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोलकाताले हैदरावादलाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै

१८ आश्विन २०७८

१८ असाेज, काठमाडौं ।

१४औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

Advertisement

दुबई इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पाएको कोलकाताले २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै कोलकाताले प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

कोलकाताका लागि शुभमन गिलले १० चौकासहित सर्वाधिक ५७ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । नितिश रानाले २५ रन र दिनेश कार्तिकले १८ रन जोडे । बलिङतर्फ हैदरावादका जसन होल्डरले २ विकेट, सिद्धार्थ कौल र रसिद खानले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । हैदरावादका लागि केन विलम्सनले सर्वाधिक २६ रन बनाए । अब्दुल समदले २५, प्रियाम गर्गले २१ रन जोडे । बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती, टिम साउथी र शिभम माभीले २/२ विकेट लिए ।

१३ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेको कोलकाता अंक तालिकामा चौथो स्थानमा छ । अब कोलकाताले एउटा खेल खेल्न बाँकी छ । हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिएको छ ।

Advertisement

चेन्नई, दिल्ली र बेंगलोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् । अब कोलकाता, पञ्जाब र राजस्थानमध्ये एकमात्र टिम प्ले अफमा जानेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top