साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

१८ असोज ७८, सोमबार
Share this
713shares

१८ असाेज, एजेन्सी।

Advertisement

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरेबियाको सीमा क्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबरजस्ती साउदी अरेबिया छिर्न खोज्ने क्रममा सीमा सुरक्षा बलको कारबाहीमा मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका अधिकारीहरुले जनाएका छन् । सीमा क्षेत्र पार गरेर सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए ।

Advertisement

त्यसक्रममा अरु २१ जना घाइते भएका छन् । घाइतेहरुलाई यमनी अस्पतालमा पुर्‍याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौं आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्त भइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top