मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म ‘मध्यम’ वर्षा हुने

१८ असोज ७८, सोमबार
Share this
663shares

१८ असोज, काठमाडौं ।

Advertisement

मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार÷सोमबार लाग्न सक्नेछ ।

Advertisement

‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ, सम्भवत एक सातापछि मनसुन निस्क्रीय होला,’ सापकोटाले खबरहबसँग भने ।

सामान्यतयाः अक्टोबर–२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

Advertisement

न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसो १÷२ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अझै पनि मनसुन सक्रिय रहेकाले कम्तीमा बुधबारसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top