किसान र भाजपा कार्यकर्ताबीच झडपः ८ जनाको मृत्यु, प्रियंका गान्धी पक्राउ

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं ।

Advertisement

कंग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन् ।प्रियंकालाई सेकन्ड बटालियन गेस्ट हाउसमा राखिएको छ ।

Advertisement

लखीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो । झडपमा ८ जनाको मृत्यु भएको छ ।

तिकुनियामा आयोजित कुस्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको विरोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो ।

Advertisement

झडपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ । तिकुनिया मन्त्री मिश्राको गृहनगर हो ।

झडपमा मारिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाका आरोपी राज्यमन्त्रीका छोराविरुद्ध उजुरी दर्ता भएको छ । –एजेन्सी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top