काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

१७ असोज ७८, सोमबार

१८ असाेज, एजेन्सी ।

Advertisement

अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् ।

ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् ।

Advertisement

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top