अबको चुनावमा काँग्रेसलाई ३२ वटै वडामा जिताउँछु: सभापति शाक्य

१८ असाेज, काठमाडाैँ ।

Advertisement

नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताए । उनले अबको चुनावमा काँग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताए।

Advertisement

सभापति शाक्यले भने, ‘मेरो उमेद्दवार घोषणा भइसकेपछि काठमाडौंमा मात्रै होइन, पूर्वदेखि पश्चिम महाकालीसम्मका जनताले दुःख कष्ट झेलेको यो उमेद्दवारलाई जिताउनुपर्छ भनेअनुसार नै काठमाडौंमा जतिपनि ३२ वडाका वडा सभापति ज्यूहरु सबैले मलाई जुन किसिमले विश्वास गरेर जिताउनुभयो, ती सबै प्रजातन्त्रका योद्धाहरुलाई मेरो भित्र अन्तरआत्माबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु,अब काठमाडौं महानगरलाई कसरी जाने, के गर्ने भन्ने जुन एउटा उद्देश्य छ त्यो उद्देश्य भनेको छरिरहेको काठमाडौंमा छरिरहेको काँग्रेसलाई एकत्रित बनाएर शक्ति निर्माण गर्ने र आउँदो चुनावमा मेयरदेखि ३२ सै वडामा चुनाव जिताउने मेरो लक्ष्य छ ।’

Advertisement

उनले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुशी व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top