ईपीएलमा चितवनमाथि भैरहवाको सानदार जित

१८ असाेज, काठमाडौं ।

काठमाडाैँमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ओपनर प्रदीप ऐरीको उत्कृष्ट ब्याटिङमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भैरहवा दोस्रो स्थानमा उक्लिदै गर्दै क्वालिफायर नजिक पुगेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएकाे खेलमा  जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भैरहवाका ओपनर प्रदीप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । प्रदीपको यो इपिएल करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । यसअघि प्रदीको उत्कृष्ट प्रदर्शशन पहिलो संस्करणको इपिएलमा ५५ रन बनाएको थियो । प्रदीपले नवौं ओभरको चौथो बलमा फाइन लेगमा तीव्र गतिका बलर गौतम केसीलाई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

भैरहवालाई ओपनर तमिम इकबाल र प्रदीप ऐरीले पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै जित सहज नजिक पुर्याएका थिए । तमिमलाई भीम सार्कीले ४० रनमा बोल्ड आउट गर्दै चितवनलाई पहिलो सफलता दिलाएका थिए । तमिमले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । प्रदीप सागर ढकालको बलमा देव खनालबाट क्याच आउट भएका थिए ।

उपुल थरंगा १९ बलमा ३ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । रोहित कुमार पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । चितवनको फिल्डिङ खेलमा कमजोर रह्यो । तमिमले तीन जीवनदान पाएका थिए । शेकुगे प्रसन्नाको आठौं ओभरको तेस्रो बलमा ब्यक्तिगत २९ रनमा करिम जन्नतले क्याच ड्रप गरेका थिए । त्यसअघि भीम सार्कीले प्वाइन्टमा ब्यक्तिगत २२ रनमा क्याच ड्रप गरेका थिए । तमिमले ३९ रनमा पनि जीवनदान पाएका थिए । चितवनका करिम जन्नतले सर्वाधिक २ विकेट लिए । सागर ढकाल र भीम सार्कीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए ।चितवनका नियमति कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनको कप्तानी दीलिप नाथले गरेका छन् ।

तीव्र गतिका बलर धाम्मिका प्रसादले तेस्रो ओभरको दोस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरे । स्पिनर कुशल मल्लको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका शाहजाद लङअफमा दुर्गेश गुप्ताबाट क्याच आउट भएका थिए । करिम जन्नतले ब्यक्तिगत २० रनमा जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर कृष्ण कार्कीको दशौं ओभरको दोस्रो बलमा टप एज लागेपछि सट मिडविकेटमा कप्तान शरद भेषावकरले क्याच ड्रप गरेका थिए । कुशलको ११ औं ओभरमा दोस्रो बलमा देव खनाल ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट ६ रनमा स्टम्पिङ आउट हुनपुगे ।

कृष्णको १५ औं ओभरको पहिलो बलमा जन्नत लङअफमा गुप्ताबाट समातिन पुगे । अभिनाश बोहराले १६ औं ओभरको पहिलो बलमा भीम सार्कीलाई १६ रनमा बोल्ड आउट गरेका थिए । दुर्गेशले राजेश पुलामीलाई १४ रनमा बोल्ड आउट गरे । राजेशले ७ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा शेकुगे प्रसन्नाले ११ बलमा ३ छक्का सहित २४ रन बनाउँद्यै आउट भए । दीलिप नाथ ९ बलमा २ छक्का सहित १३ रनमा आउट भए ।

भैरहवा तीव्र गतिका बलर अभिनाश बोहराले अनिभनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।

चितवन यसअघिनै क्वालिफायरमा पुगि सकेको छ । भैरहवाले अन्तिम खेलमा काठमाडौंसँग मंगलबार खेल्ने छ । उक्त खेलमा भैरहवा विजयी भएमा शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने छ । पराजित भएमा आज हुने पोखरा राइनोज र काठमाडौं किंग्सबीचको नतिजाले प्रभाव पार्ने छ । काठमाडौं बाँकी दुबै खेलमा पराजित भएमा ललितपुर प्लेअफमा पुग्ने समिकरण छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top