मन्त्रिपरिषद् विस्तार गरेर आजै सपथ : प्रचण्ड

मन्त्रिपरिषद् विस्तार गरेर आजै सपथ : प्रचण्ड

१८ असाेज, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार भएर सपथ समेत हुने दावी गरेका छन् ।

सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ ।’

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। तर, ६ जना सदस्यका साथ उनले ‍सरकार चलाइरहेका छन्। लामो समयसम्म सरकार विस्तार हुन नसकेपछि सरकारको आलोचना भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.