जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स हन्तान्तरण

१७ असोज ७८, सोमबार

१८ असाेज, काठमाडौँ।

नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए। उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए।

नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए। उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ ।

एम्बुलेन्स सेवाका अध्यक्ष डा प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए। एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उहाँले बताए। उनका अनुसार एम्बुलेन्समा एक जना इमरजेन्सी मेडिकल टेक्निसियन (इएमटी) सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ ।

“एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले हामीले एक जना इएमटी हुन्छन्”, अध्यक्ष वैद्यले भने, “ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन ।”

एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य साम्रगीसहितको तीन महिना तालिम प्राप्त एक जान इएमटी रहने गर्दछन् । अध्यक्ष डा वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्सलमा राखिने जानकारी दिए ।

आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौँसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top