×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंकामाथि २२ वर्षपछि जित हात पार्दाकाे खुशी (फाेटाे फिचर)

१९ आश्विन २०७८

१९ असाेज, काठमाडाैँ ।

साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्‍यो।

Advertisement
Advertisement

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो।

सोमबार खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुमन लामाले गोल गरे। सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल भए। सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

खेलको ५१ खेलमा नेपालले अग्रता दोब्बर पार्‍यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल भए। दोस्रो हाफमा मैदान छिरेका आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाए। त्यसअघि नेपालका डिफेन्डर सुमन अर्यालले गोल लाइनबाट बललाई क्लियर गरेका थिए।

दोस्रो हाफमा नेपालले काउन्टर आक्रमणमा गोल गर्न सकेन। सुरुमा श्रीलंकाका गोलकिपरले मनिष डाँगीको प्रहारलाई छेकेका थिए। त्यसपछि मनिषले हेडमार्फत दिएको पासमा आयुष घलानको प्रहारमा फेरि श्रीलंकाका गोलकिपर बाधक बने।

खेलको ८६ मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्न सफल भए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइममा गौतम श्रेष्ठले ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पायो र प्राप्त पेनाल्टीमा डि सिल्भाले गोल गरे।

 

साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक प्रतिस्पर्धा भएको थिए। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो।

साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई पहिलो पटक हराएको हो।

जितसँगै जारी साफमा नेपाल अंक तालिकाको शीर्ष स्थनमा उक्लिएको छ। नेपाल दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top