गठबन्धन कि एमसीसी ?

१८ असोज ७८, मंगलबार

काठमाडौं : सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायम राख्ने भन्ने दुवधिा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् ।

यसकै लागि प्रधानमन्त्री देउवा ‘संसद् अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन् । ‘अहिलेकै अवस्थामा एमसीसी राष्ट्रहितमा छैन । संशोधन र राष्ट्रिय सहमति कायम नगरी यसलाई संसद्मा लैजानु हुँदैनु,’ नेता पोखरेल भन्छन्, ‘प्रधानमन्त्रीले सोझै लैजानुभयो भने त्यसले गठबन्धनलाई प्रभाव पार्नेछ ।’

सरकारले अढाई महिना पुग्न लाग्दा पनि पूर्णता नपाउनुमा गठबन्धनबीच दलगत स्वार्थ मात्र नभई एमसीसी विवाद पनि मुख्य कारक देखिएको छ । यहा कारण सत्ता गठबन्धनमा संशय पैदा भएको छ । सत्तासमीकरण परिर्वतन हुन सक्ने चर्चासमेत चल्न थालेको छ । प्रधानमन्त्री देउवाले भने गठबन्धनभित्र सहमति नजुटेकै बेला विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलाीलाई फकाइरहेका छन् ।

देउवाका दूत बनेर सरकारुका प्रवक्ता एवं कानुमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीनपटक ओलीलाई भेटिसकेका छन् । कार्कीले भदौ १५, ३१ र असोज १२ गते ओलीलाई उनकै निवास बालकोटमा भेट गरेका हुन् । ओली सरकारमा रहँदा पनि देउवाले एमसीसी पारित गराउन दबाब दिएका थिए ।

यही विषयमा देउवा र ओली एक हुन सक्ने सम्भावना पनि ओलीले पनि एमसीसीबारे सत्ता गठबन्धन ‘क्लियर’ हुनुपर्ने बताउँदै आएका छन् । गठबन्धनको धारणापछि मात्र आफ्नो पार्टीले त्यसबारे निर्णय गर्ने ओलीले सार्वजनिक गरिसकेका छन् । उनले यसबारे पहिलो विधान महाधिवेशनमा पनि कुरा राखेनन् ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top