×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

श्रम कार्यालय विराटनगरमा उद्योगका समस्या बढी

१० श्रावण २०७५

विराटनगर, साउन १०
श्रम कार्यालय विराटनगरमा उद्योग र कलकारखानाका समस्या लिएर आउने बढी देखिएका छन् । त्यसमा पनि व्यक्तिगत समस्या बढी आउने गरेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म कार्यालयमा ७० वटा व्यक्तिगत उजुरी परेको छ । त्यसमा ६१ वटा उद्योगका छन् । कार्यालय प्रमुख मनिनाथ गोपका अनुसार ग्रेड रोक्का, कामबाट वञ्चित गरेको, ऐनले तोकेको पारिश्रमिक नदिएको जस्ता उजुरी पर्ने गरेका छन् ।

Advertisement
Advertisement

७० मध्ये कार्यालयको समन्वयमा ६३ वटा मिलाइएको उनले बताए । “कार्यालयमा पर्ने उजुरीमध्ये अधिकांश उद्योग र कलकारखानाकै छन्,” गोपले भने, “सकेसम्म रोजगारदाता र श्रमिकलाई राखेर मिलाउने गरेका छौं ।”

७० मध्ये ६३ उद्योग, २ वटा शैक्षिक, ३ वटा स्वास्थ्य, १ बिमा र ३ वटा घरायासी श्रमसम्बन्धी उजरी परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सामूहिक उजरी भने १६ वटा परेको थियो । जसमा १५ वटा भने मिलाइएको उनले जनाए ।

नमिलेको अदालती प्रक्रियाबाट टुंगो लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ४६ वटा व्यक्तिगत उजरी परेमा ३८ वटाको मिलापत्र भएको थियो । सामूहिक २३ वटा उजरी परेको थियो । जसमध्ये २१ वटा मिलाइएको कार्यालय नासु शालिग्राम कोइरालाले जानकारी गराए ।

कार्यालय प्रमुख गोप श्रम ऐन कार्यान्वयन गराउन निकै चुनौती गरेको बताए । अझै पनि मजदुरहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको उनको भनाइ छ ।

Advertisement
Advertisement

निजी अस्पताल, डिपार्टमेन्टल स्टोर, किराना पसल, निजी विद्यालयलगायतमा श्रम शोषण निकै रहेको गोपले बताए । “कार्यालयले श्रम ऐन कार्यान्वयन भए नभएको नियमित अनुगमन गरिरहेको छ,” उनले भने, “तर, अवस्था निकै जटिल छ ।”

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top