जुकरबर्गको सम्पत्ति एकै दिनमा १६.८ अर्ब डलर घट्यो

(180410) -- WASHINGTON, April 10, 2018 (Xinhua) -- Facebook CEO Mark Zuckerberg testifies at a joint hearing of the Senate Judiciary and Commerce committees on Capitol Hill in Washington D.C., United States, on April 10, 2018. Facebook CEO Mark Zuckerberg told Congress in written testimony on Monday that he is "responsible for" not preventing the social media platform from being used for harm, including fake news, foreign interference in elections and hate speech. (Xinhua/Ting Shen)

वासिङटन, ११ साउन (एजेन्सी) । फेसबुकमा प्रयोगकर्ताको आकर्षणमा आएको कमीका कारण मार्क जुकरबर्गले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।

तस्बिर ः सिन्हवा

फेसबुकको सेयरमा बुधबार आएको गिरावटका कारण उनले एकै दिनमा १६.८ अर्ब डलर गुमाएका छन् । निराशाजनक परिणामपछि न्यूयोर्कमा यो सामाजिक सञ्जालको सेयरको मूल्यमा २० प्रतिशतको गिरावट आएको थियो । अाजकाे काराेबार दैनिकमा खबर छ ।

उनको कम्पनीको सेयरमा बिहीबार पनि गिरावट आयो भने उनी ब्लूमबर्ग अर्बपतिको सूचीमा तेस्रो स्थानबाट सीधै छैटौ स्थानमा ओर्लने छन् । जुलाईको पहिलो सातामा उनले वारेन बफेटलाई पछि पार्दै विश्वकै तेस्रो धनी व्यक्ति भएका थिए ।
तर कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यो वर्षको उनका १३.७ अर्ब डलकरो मुनाफा पनि समाप्त हुनेछ । उनको सम्पत्ति केबल ७० अर्ब डलर मात्रै हुनेछ । हाल उनी विश्वका सर्वाधिक धनीको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस तथा माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सपछिको स्थानमा रहेका छन् ।

कम्पनी युरोपमा नयाँ डाटा कानुनसँग जुझिरहेको छ । फेसबुकको कन्टेन्ट नीति तथा गोपनियताको विषयलाई लिएर पनि कम्नीको आलोचना भइरहेको छ । फेसबुकमाथि लगातार डाटा अतिक्रमणदेखि लिएर भ्रामक समाचार पैmलाउने आरोप पनि लाग्दै आएको छ ।

केही दिन पहिले फेसबुकमाथि मानिसका डाटा अन्य कसैलाई बिक्री गर्ने तथा आफ्नो चुनावमा कुनै एक पार्टिलाई लिएर मद्दत गरेको विषय पनि सामुन्ने आएको थियो ।