×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026

आठ युवाले गरे मर्दी हिमालको आरोहण

२२ आश्विन २०७८

२२ असोज, कास्की ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन्।

Advertisement

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन्।

यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९ः३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए।

आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहेका छन्।

उनीहरुलाई आरोहण प्रशिक्षकद्वय मनमान गुरुङ र कुमार खड्काले हिमाल सहयोगमा प्रशिक्षण दिएको बताइएको छ। त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगायतको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गरेका थिए। आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आफैँ हाइक्याम्पसम्म पुगेको बताइन्छ ।

ग्रेट माछापुच्छ्रे ट्रेल (जिएम)का उपाध्यक्षसमेत रहेका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ्रे ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिए।

उनले भने, ‘मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखि ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्देश्यले हामी आफैँले हिमाल चढेर सुरुआत गरेका छौँ ।

’ ग्रेट माछापुच्छ्रे ट्रेल माछापुच्छ्रेको टुसेबाट सुरु हुन्छ। मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ्रे ट्रेल रहेको गुरुङले बताए। केही साहसिक पर्यटकले यसअघि नै मर्दीको सफल आरोहण गर्दै आएका छन्।

मर्दी पदयात्रा हात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ। पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन÷तीनवटा होटल बनेका छन्। क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ।

हिमाल आरोहण गरेर आएको टोलीलाई बिहीबार साँझ गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह, माछापुच्छ्रे अग्र्यानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गरेका थिए।

गाउँपालिका अध्यक्ष गुरुङले ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धनका लागि र पर्यटन पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताए। यस ट्रेलको बढीभन्दा बढी प्रवद्र्धन गर्न सके पर्यटकको रोजाइमा पर्ने उनले बताए।

उनले भने, ‘ग्रेट माछापुच्छ्रे ट्रेलबाटै पर्यटकले पदयात्रा पर्यटनको सबैभन्दा बढी आनन्द लिन सक्छन् । यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्दछ।’

मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन्। पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ।

यसैगरी पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ। पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलका नाममा माछापुच्छ्रेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ।

Advertisement

एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ। कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन्। रासस

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top