जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्न नेपाल-भारतबीच सम्झौता

२२ असोज, काठमाडौं ।

Advertisement

भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नयाँ दिल्लीमा २०–२१ असोजमा बसेको भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकमा जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्नका लागि दुवै पक्षले स्ट्यान्डर्ड अपरेसन प्रोसेड्युर्स (एसओपी)मा हस्ताक्षर गरेका काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा पनि हस्ताक्षर भएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार एसओपीले नयाँ खण्डमा यात्रुवाहक रेलसेवा सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्नेछ ।

Advertisement

प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने बताइएको छ । उक्त बैडकमो भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे पनि छलफल भएको छ ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग भुषणले गरेका थिए ।

दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव श्री केशव कुमार शर्माले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top