कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक गरे धौलागिरिकाे सफल आरोहण

२२ असाेज, काठमाडाैँ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेको पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहनुभएका उहाँले आज बिहान उक्त हिमाल आरोहण गरेका हुन् ।

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”, स्टाटसमा उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गर्नुभएका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको ९८१६७ मि० आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गरेका थिए ।

धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि० हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका थिए ।

पुर्जाले आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै पर्छ । आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाएका उनका नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन् ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top